मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता गर्ने निर्णय « Khabarhub

मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता गर्ने निर्णय


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने निर्णय गरेको छ ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिइएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

प्रदेश सरकारले कार्यविधिबिना नै मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिएको भन्दै चर्को विरोध भएको थियो ।

कोरोना कहरमा स्वास्थ्य स्तर सुधार ल्याउन ऋण माग्नुपर्ने स्थितिमा कार्यकर्ता पोस्न फाउन्डेसनमा ५० लाख दिएको भन्दै अघिल्लो बैठकमा आलोचना भएपछि सत्तापक्ष र प्रतिपक्षका नेताबीच बैठकमा केही समय विवादको सिर्जना भएको थियो ।

मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिन तथा जथाभावी रूपमा वितरण गरिएको बजेटलाई रोक्न माग गर्दै माओवादी, कांग्रेस, विवेकशील र नेमकिपाले मोर्चाबन्दी गरेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : २० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु