कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु | Khabarhub Khabarhub

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटना आइतबार भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिए । विज्ञप्ति जारी गर्दै उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतले ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।

ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा भएको बताइएको छ । ती प्रहरीहरू त्यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत अधिकारी रहेको बताइएको छ ।

दुर्घटनाको कारणका बारे अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।(रासस–एएनआई)

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ९ : ०१ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा