कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु « Khabarhub

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटना आइतबार भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिए । विज्ञप्ति जारी गर्दै उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतले ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।

ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा भएको बताइएको छ । ती प्रहरीहरू त्यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत अधिकारी रहेको बताइएको छ ।

दुर्घटनाको कारणका बारे अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।(रासस–एएनआई)

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ९ : ०१ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान