एकपछि अर्को फिल्म गुमाउदै कार्तिक आर्यन « Khabarhub

एकपछि अर्को फिल्म गुमाउदै कार्तिक आर्यन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका अहिलेका हटकेक अभिनेता कार्तिक आर्यन पछिल्लो समय निकै चर्चामा छन् । चर्चामा यसकारण छन् कि उनको हातबाट एकपछि अर्को फिल्म खोसिँदै गइरहेका छन् ।

नवभारत टाइम्सका अनुसार केही समय अघि करण जोहारको फिल्म ‘दोस्ताना २’बाट अलग्गिएका थिए । त्यसपछि उनी शाहरुख खानको प्रोडक्सनको फिल्म ‘फ्रेडी’बाट निकालिए । अहिले आएर पुनः अर्को एउटा ठूलो बजेटको फिल्मबाट कार्तिक निकालिएका छन् ।

कार्तिकलाई निर्देशक आनन्द एल रायको एक अनटाइटल्ड ग्याङस्टार फिल्मका लागि प्रस्ताव गरिएको थियो । ‘कार्तिकको आनन्दसँग कुराकानी भइरहेको थियो । उनले फिल्मको कथा पनि पढे र त्यसको नेरेसन सुने । तर फिल्म साइन गर्नु अघि नै कुरा बिग्रियो । फिल्मको निर्देशन आनन्दका असिस्टेन्टले गर्ने तयारीमा थिए’ आनन्द निकट स्रोतले भनेको छ ।

कार्तिक र आनन्द एकसाथ फिल्ममा काम गर्ने खबर यो वर्षको फेब्रुअरीबाटै आइरहेको थियो । यो समयमा कार्तिकलाई आनन्दको मुम्बईस्थित कार्यालय बाहिर देखिएपछि उनी आनन्दसँग सहकार्य गर्न लागेको खबर बाहिर आएको थियो ।

यद्यपि कार्तिक आनन्दको फिल्मबाट के कारणले बाहिरिए भन्ने कारण खुल्न सकेको छैन । तर फिल्म पण्डितहरुले करणको फिल्मबाट कार्तिक बाहिरिनु नै उनका लागि अभिषाप बनेको दाबी गरेका छन् । त्यहीकारण पनि कार्तिक एकपछि अर्को ठूलो व्यानरमा अँटाउन सकिरहेका छैनन् ।

कार्तिक निकालिएपछि अब उनको स्थानमा आनन्दले आयुष्मान खुरानालाई अनुबन्धित गर्ने सोच बनाइसकेका छन् । आनन्दका साथ आयुष्मानले यसअघि ‘शुभ मंगल सावधान’ र ‘शुभ मंगल ज्यादा सावधान’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : ०० बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता