चिनियाँ अनुदानको खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति बेइजिङ जाँदै « Khabarhub

चिनियाँ अनुदानको खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति बेइजिङ जाँदै


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अनुदानमा दिन लागेको कोरोना विरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको विमान आज बेइजिङ जाने भएको छ ।

चिनियाँ खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति साढे ११ बजे जाने जनाइएको छ । विमान खोप लिएर भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको एयरलाइन्सले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोगका लागि आग्रह गरेपछि चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए । जसमध्य भोलि ८ लाख डोज खोप ल्याइने जनाइएको छ ।

नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज बेइजिङ जान लागेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेकी थिइन ।

यसअघि चीनले आठ लाख डोज खोप अनुदानमा दिएको थियो । सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चिनिया खोप भेरोसेल खरिदका लागि पनि कुटनीतिक पहल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ३१ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द