इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको संघारमा | Khabarhub Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको संघारमा


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ ।

इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र उनको दल लिकुड पार्टीलाई विपक्षमा पुर्‍याउने छ ।

बेनेट र मुख्य विपक्षी दलका नेता याइर लापिडलाई नयाँ सरकार गठनका सन्दर्भमा अझै पनि केही समस्या छन् । विगत दुई वर्षभित्र चार पटक संसदको निर्वाचन गर्दा समेत सरकार गठनमा जटिलता कायमै छ ।

बेनेटले भने, “मेरा मित्र याइर लापिडसँग मिलेर राष्ट्रिय एकताको सरकार निर्माण गर्ने हाम्रो उद्देश्य छ ताकि ईश्वरको चाहना बमोजिम हामी दुबैले मिलेर देशलाई पुनः सही मार्गमा ल्याउन सक्नेछौं ।”

दुबै नेताले आगामी बुधबारसम्ममा एउटा सम्झौतामा सहमति जुटाउने छन् । यस सम्झौताको केन्द्रमा दुबै नेता दुई–दुई वर्षका लागि आलोपालो इजरायलको प्रधानमन्त्री हुने छन् । बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुने सम्झौतामा उल्लेख छ ।

नेतन्याहूको मन्त्रिमण्डलमा वरिष्ट मन्त्रीको भूमिका निर्वाह गरिसकेका बेनेट पनि प्रधानमन्त्री नेतन्याहूको झैं कठोर नीतिका पक्षधर हुन् । उनी पश्चिम किनाराको विवादास्पद आवास अभियानका पूर्व नेता पनि हुन् । साथै उनले धार्मिक तथा राष्ट्रवादी यहूदीको प्रतिनिधित्व रहेको एउटा सानो पार्टी गठन गरेका छन् । तर पछिल्लो समय नेतन्याहू र बेनेटबीच व्यक्तिगत तहमा असमझदारी बढेको छ ।

बेनेटले गत मार्च २३ मा सम्पन्न आमनिर्वाचनबाट नेतन्याहूको नेतृत्वमा सरकार गठन हुने कुनै सम्भावना नदेखिएको बताएका थिए । उनले अर्को चुनावबाट पनि नतिजामा फेरबदल आउन नसक्ने स्पष्ट गर्दै अब चुनावको चक्र समाप्त गर्नुको विकल्प नरहेको बताए ।

बेनेट र लापिड तथा गठबन्धनका अरु साझेदारबीच कुनै सम्झौता भए कम्तीमा केही समयका लागि भए पनि नेतन्याहू प्रधानमन्त्री पदबाट विस्थापित हुनेछन् । विगत तीन दशकदेखि इजरायली राजनीतिमा नेतन्याहूको गहिरो प्रभाव छ । नेतन्याहूले प्रधानमन्त्रीका रुपमा १२ वर्ष शासन चलाइसकेका छन् ।

टेलिभिजनमा एक सम्बोधन गर्दै नेतन्याहूले बेनेटले इजरायलका दक्षिणपन्थी समुदायको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । उनले राष्ट्रवादी नेताहरुलाई “बामपन्थी सरकार” मा सामेल नहुन पनि आग्रह गरेका छन् ।

सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनले १२० सदस्यीय संसद (नेसेट) मा ६१ स्थान प्राप्त गर्नु पर्दछ । दुई वर्षको अवधिमा चार पटक संसदको चुनाव गर्दा समेत कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका छैनन् । साना दलको समर्थनमा सरकार गठन गर्नुको विकल्प छैन । हालको संसदमा १३ वटा दलको प्रतिनिधित्व छ ।

सबैभन्दा ठूलो पार्टीको नेताको हैसियतमा नेतन्याहूलाई नै सहमतिको सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभलिनले पहिलो अवसर दिएका थिए । तर उनले परम्परागत धार्मिक तथा राष्ट्रवादीको समर्थनमा बहुमत जुटाउने प्रयास गरे पनि त्यो सम्भव भएको छैन । (रासस–एपी)

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ९ : ३० बजे

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई