को हुन् आइपीएलकी यी ‘मिस्ट्री गर्ल’ जसले गर्दा कोहलीले खेल जिते ? « Khabarhub

को हुन् आइपीएलकी यी ‘मिस्ट्री गर्ल’ जसले गर्दा कोहलीले खेल जिते ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– समाजिक सञ्जालमा चर्चामा आउन मानिसलाई धेरै समय लाग्दैन । इन्टरनेटमा ‘विंक गर्ल’ को नामले चर्चामा आएकी प्रिया वारियरलाई त तपाईले सम्झिरहनु भएको होला । यस्तै एक युवती इण्डियन प्रिमियर लिग आइपीएलका कारण चर्चामा आएकी छिन् ।

आइपीएलमा आरसीबीको पक्षमा हुटिङ गर्न पुगेकी यी युवतीमाथि अहिले भारतीय मिडिया तथा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यी ‘मिस्ट्री गर्ल’ जब टिभी स्कृनमा देखिइन् तव धेरै मानिस उनका फ्यान बने । आरसीबीले यो खेलमा सनराइजर्स हैदरबादमाथि जीत दर्ता गर्‍यो तर कोहली भन्दा धेरै यी युवतीको चर्चा सामाजिक सञ्जालमा भए ।

भारतीय क्रिकेट समर्थकहरुले यी युवतीलाई ‘नेशनल क्रश’ घोषित गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यी युवतीको नाम दीपिका घोष हो र उनी बलिउडमा स्टाइलिष्ट छिन् । साथै उनी क्रिकेटकी फ्यान हुन् ।
ह्यासट्याग आरसीबीगर्लले पनि कयौं मिम्स पनि शेयर भएका छन् ।

कयौंले दिपिका खेल मैदानमा उपस्थित भएका कारण कोहलीको टीमले जितेको भन्दै सामाजिक सञ्जालहरुमा चर्चा गरिरहेका छन् र हरेक खेलमा उनलाई बोलाउनुपर्ने कतिपयको तर्क छ । कोहली र उनलाई जोडेर कयौं मिम्सहरुपनि बनेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : १८ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,