विवाह लगत्तै अलग्गिएका यी जोडी « Khabarhub

विवाह लगत्तै अलग्गिएका यी जोडी


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउडमा खुला संस्कृति छ भन्ने कुरा सबैमा जगजाहेर नै छ । यो संस्कृतिको जति फाइदा छ, त्यो भन्दा बढी नोक्सान छ । हलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसको विवाह लामो समयसम्म टिक्न सकेन । जसको कारक त्यहाँको खुला संस्कृतिलाई नै मानिन्छ ।

बलिउड लाइफका अनुसार यस्ता जोडीहरुमध्ये कतिपयले एकअर्कालाई धम्की दिए भने कतिपयले १ सय २२ दिनमै सम्बन्धविच्छेद गरे ।

क्रिस हम्फ्रीज र किम कार्दासियनले इन्गेजमेन्ट गर्नुअघि दुवैले सात महिना डेट गरे । सन् २०११ अगस्टमा दुवैले विवाह गरे पनि त्यसै वर्षको अक्टोबरमा किमले सम्बन्धविच्छेदको निवेदन दिइन् । त्यसको दुई वर्ष अर्थात् सन् २०१३ मा दुवैको सम्बन्धविच्छेद भयो ।

ब्रेडली कूपर र जेनिफर एसपोसिटोले सन् २००६ डिसेम्बरमा विवाह गरेका थिए । विवाहको झण्डै १ सय २२ दिनमा उनीहरु अलग्गिए । ब्रेडलीले आफूहरुको आपसी निर्णयमा अलग्गिएको बताएका थिए ।

‘बेवाच’ अभिनेत्री पामेला एण्डरसनले अक्टोबर २००७ मा लसभेगासमा रिक सालोमनसँग विवाह गरिन् । एण्डरसनले सन् २००८ डिसेम्बर १४ मा सम्बन्धविच्छेदको निवेदन दिइन् । यही बेला रिकले पामेलालाई कैयौं आरोप लगाएका थिए ।

अभिनेत्री जेनिफर लोपेज र ओजानी नोआले सन् १९९७ फेब्रुअरी २२ मा विवाह गरेका थिए । यद्यपि उनीहरुले विवाहको केही समयमै सम्बन्धविच्छेद गरे ।

पामेला एण्डरसन र किड रकले सन् २००६ मा विवाह गरे । तर यो विवाह केवल १ सय २२ दिनसम्म मात्र टिक्यो । यसपछि पामेला र किडले एकापसमा सम्बन्धविच्छेदका लागि निवेदन दिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ८ : ४० बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको