अहिले नै कोरोना जितिएको घोषणा हतारो हुन्छ : संक्रामक रोग विज्ञ फाउची « Khabarhub

अहिले नै कोरोना जितिएको घोषणा हतारो हुन्छ : संक्रामक रोग विज्ञ फाउची


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन(एएनआई)- अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् ।

सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटे पनि जितिसकियो भन्न अहिले नै नहुने बताए ।

“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने । तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।

अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् ।

भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरे ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : १० बजे

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले

‘ओली दुईतिहाइको घमण्डले डुबे, बालेनलाई पनि सम्झाउनुपर्ने भयो’

२१ फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जबरजस्त जनमत प्राप्त

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप

एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी

दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय