एमाले स्थायी कमिटी बैठक बस्दै, प्रष्टीकरण सोधिएका १२ जनालाई थप कारबाहीको तयारी | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, प्रष्टीकरण सोधिएका १२ जनालाई थप कारबाहीको तयारी


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

आइतबार र सोमबार बस्दै नबसी स्थगित गरिएको बैठक आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा पार्टीको अनुशासनवपिरितका गतिविधि गरेको भनेर प्रष्टीकरण सोधिएका १२ जना सांसदलाई थप कारबाही गर्ने या नगर्ने भन्नेबारे  निर्णय हुने सम्भावना रहेको तामाङले बताए ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

उनीहरुले लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको जनाइएको छ ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।

यस्तै आजको बैठकमा अध्यादेशमार्फत् ल्याइएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गर्ने तयारी छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : ५५ बजे

‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो

सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको

दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम