संसद विघटनको मुद्दा : आज पनि पुरानै इजलास कायम | Khabarhub Khabarhub

संसद विघटनको मुद्दा : आज पनि पुरानै इजलास कायम


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित न्यायाधीशहरू दिपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

पछिल्लो प्रतिनिधिसभा विघटनको मुद्दाको प्रारम्भिक दुई दिन यिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।

इजलासमा संलग्न न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सोमबारको सुनुवाई स्थगित गरिएको थियो । अरु दुई न्यायाधीश केसी र श्रेष्ठले आफूहरूले सुनुवाईलाई निरन्तरता दिने बताएपछि फेरि मंगलबार पनि यही इजलास कायम भएको हो ।

संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए पनि इजलास पुरानै कायम भएको छ ।

विवादकै कारण सोमबार संवैधानिक इजलामा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठको सन्दर्भ कुनै आदेश आएको थिएन । आजको इजलासमा सबैभन्दा पहिले यही विषय छिनोफानो भएर अरु प्रक्रिया अघि बढ्ने बताइन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ०७ बजे

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका