‘नेटफिल्क्स’ को शो हेरेर बालिकाले गरिन् आत्महत्या, लेखिन् आमालाई पत्र ! « Khabarhub

‘नेटफिल्क्स’ को शो हेरेर बालिकाले गरिन् आत्महत्या, लेखिन् आमालाई पत्र !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकामा नेटफिल्क्सको विवादित शो ‘थर्टिन रिजन्स ह्वाइ’ का विरुद्ध अर्को एउटा उजुरी परेको छ । १२ वर्षीय बालिया जेसिका स्काटरसनले अमेरिकास्थित आफ्नो घरको बाथरुममा फाँसी लगाएर आत्महत्या गरेपछि उजुरी परेको हो । यसको कारण एक धारावाहिक शोलाई लिइएको छ ।

ती युवतीले आत्महत्या गर्नुभन्दा पहिले एक नोट लेखेर आफू मर्नुको ६ कारण खुलाइन् । त्योमध्ये एक कारण टिभी शो मा जसरी कलाकारले गर्छन्, त्यस्तै एउटा कारण थियो । उक्त धारावाहिक शोमा युवाको डिप्रेसन र आत्महत्याको कहानी देखाउने गरिन्छ ।

जेसिकाकी आमाका अनुसार ती बालिकाले लामो समयदेखि यो धारावाहिक शो हेरिरहेकी थिइन् । उनको कोठामा फाँसीमा झुण्डिएको एक स्केच पनि भेटिएको थियो । साथै उनको हातमा पेन्सिल ब्लडले काटेको निशाना पनि थियो ।

प्रहरीका अनुसार यी १२ वर्षीया बालिका आफ्ना स्कूलका साथीका कारण तनावमा थिइन् । यो शो हेरेपछि ती बालिकालाई मृत्यु नै एकमात्र उपाय लाग्न थाल्यो ।

नेटफिल्क्सको शोलाई लिएर पहिले पनि विवाद भएको थियो । एउटा भागमा युवतीलाई बलात्कार गरेको देखाइएको थियो । त्यसपछि केही संगठनले शोको आलोचना गरेका थिए ।

यो शोलाई १८ प्लस रेटिङ दिइएको छ । तर शो हटाउने बारेमा नेटफिल्क्सले कुनै धारणा सार्वजनिक गरेको छैन । अमेरिकामा यो शो हेरेर मात्र ६ युवाले आत्महत्या गरेको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : ४९ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक