‘नेटफिल्क्स’ को शो हेरेर बालिकाले गरिन् आत्महत्या, लेखिन् आमालाई पत्र ! | Khabarhub Khabarhub

‘नेटफिल्क्स’ को शो हेरेर बालिकाले गरिन् आत्महत्या, लेखिन् आमालाई पत्र !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकामा नेटफिल्क्सको विवादित शो ‘थर्टिन रिजन्स ह्वाइ’ का विरुद्ध अर्को एउटा उजुरी परेको छ । १२ वर्षीय बालिया जेसिका स्काटरसनले अमेरिकास्थित आफ्नो घरको बाथरुममा फाँसी लगाएर आत्महत्या गरेपछि उजुरी परेको हो । यसको कारण एक धारावाहिक शोलाई लिइएको छ ।

ती युवतीले आत्महत्या गर्नुभन्दा पहिले एक नोट लेखेर आफू मर्नुको ६ कारण खुलाइन् । त्योमध्ये एक कारण टिभी शो मा जसरी कलाकारले गर्छन्, त्यस्तै एउटा कारण थियो । उक्त धारावाहिक शोमा युवाको डिप्रेसन र आत्महत्याको कहानी देखाउने गरिन्छ ।

जेसिकाकी आमाका अनुसार ती बालिकाले लामो समयदेखि यो धारावाहिक शो हेरिरहेकी थिइन् । उनको कोठामा फाँसीमा झुण्डिएको एक स्केच पनि भेटिएको थियो । साथै उनको हातमा पेन्सिल ब्लडले काटेको निशाना पनि थियो ।

प्रहरीका अनुसार यी १२ वर्षीया बालिका आफ्ना स्कूलका साथीका कारण तनावमा थिइन् । यो शो हेरेपछि ती बालिकालाई मृत्यु नै एकमात्र उपाय लाग्न थाल्यो ।

नेटफिल्क्सको शोलाई लिएर पहिले पनि विवाद भएको थियो । एउटा भागमा युवतीलाई बलात्कार गरेको देखाइएको थियो । त्यसपछि केही संगठनले शोको आलोचना गरेका थिए ।

यो शोलाई १८ प्लस रेटिङ दिइएको छ । तर शो हटाउने बारेमा नेटफिल्क्सले कुनै धारणा सार्वजनिक गरेको छैन । अमेरिकामा यो शो हेरेर मात्र ६ युवाले आत्महत्या गरेको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : ४९ बजे

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई

जेन–जी आन्दोलन नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक