बजेटमा निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई भेदभाव भएको इस्टुको आरोप « Khabarhub

बजेटमा निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई भेदभाव भएको इस्टुको आरोप


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सरकारले बजेटमा संस्थागत शिक्षक र विद्यार्थीलाई भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । इस्टुले विज्ञप्ति जारी गर्दै सरकारले जेठ १५ गते जारी गरेको बजेटमा निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई भेदभावपूर्ण कार्य गरेको आरोप लगाउँदै आलोचना गरेको हो ।

‘लकडाउन अवधिको तलब सरकारले बेहोर्नु पर्छ’ भन्ने माग राखे पनि त्यसको सुनुवाइ नभएको इस्टुले गुनासो गरेको छ । अहिलेको बजेटमा पनि विगतमा जस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने र यसको दायरा असङ्गठित क्षेत्रसम्म पुर्‍याउने कुरा आएको तर सुरक्षा कोष अनिवार्य नगर्नेलाई सरकारले कुनै कारबाही नगरेकाले विश्वास गर्ने आधार नभएको इस्टुले जनाएको छ ।

नि:शुल्क पाठ्यपुस्तक वितरण, स्यानिटरी प्याड वितरण र ल्याप्टप किन्न दिइने ऋणमा पनि सार्वजनिक विद्यालय मात्रै तोकेर एउटै देशका बालबालिकामा राष्ट्रले विभेद गरेको आरोप लगाएको छ । ‘कि सरकारले निजी लगानीका विद्यालयमा पढ्ने बालबालिका हाम्रा होइनन् भन्नु पर्‍यो कि भेद्भाव गरेको देखिनु भएन, विज्ञप्तिमा भनिएको छ ।’

संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू सरकार र विद्यालय सञ्चालक दुवै निकायबाट चरम शोषणमा परेको पनि इस्टुको दुखेसो छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : १२ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’