नेपालगञ्ज भन्सार कार्यालयद्वारा १७ अर्ब ८० करोड राजस्व संकलन « Khabarhub

नेपालगञ्ज भन्सार कार्यालयद्वारा १७ अर्ब ८० करोड राजस्व संकलन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले रु १७ अर्ब ८० करोड राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७/७८ मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो । गत आव २०७६/७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड संकलन भएको थियो ।

गत वर्षको प्रगतिका आधारमा सरकारले यस वर्ष रु तीन अर्ब थप गर्ने लक्ष्य राखेको थियो । राजस्व संकलन गर्न जिम्मेवारी दिंदा आफूहरुलाई मन्त्रालय र विभागले तोकिएको लक्ष्य बाँकी डेढ महिनामा हासिल हुने भन्सार अधिकृत भण्डारीले बताए ।

उनका अनुसार यस वर्षको राजस्व संकलन वृद्धिदर हेर्दा १०९ प्रतिशतले हासिल भएको छ । सबैभन्दा बढी राजस्व संकलन हुने सीमा नाकाको रुपमा रहेको जेठ १५ गतेसम्म मात्रै रु एक अर्ब ६५ करोड राजस्व संकलन भएको छ ।

कोरोनाको प्रतिकूल समयमा पनि राजस्व चुहावट हुन नदिँदा राजस्वमा वृद्धि भएको उनको भनाइ छ । उनले भने, “अनुगमन पद्धतिलाई बलियो बनाएका छौँ, त्यसैले गर्दा राजस्व संकलन गर्न सफल भएको छौँ ।”

भारतीय सीमा नाका भएको हुनाले भारतबाट आयात हुने सबैभन्दा बढी औद्योगिक सामान, पेट्रोलियम पदार्थ, खाद्यान्नजस्ता सामग्री यही नाका हुँदै आयात हुने गर्दछ भने नेपालबाट जङ्गली जडीबुटीहरु, सुगन्धित तेलहरु निर्यात गरिन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ०१ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले