नेपालगञ्ज भन्सार कार्यालयद्वारा १७ अर्ब ८० करोड राजस्व संकलन « Khabarhub

नेपालगञ्ज भन्सार कार्यालयद्वारा १७ अर्ब ८० करोड राजस्व संकलन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले रु १७ अर्ब ८० करोड राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७/७८ मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो । गत आव २०७६/७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड संकलन भएको थियो ।

गत वर्षको प्रगतिका आधारमा सरकारले यस वर्ष रु तीन अर्ब थप गर्ने लक्ष्य राखेको थियो । राजस्व संकलन गर्न जिम्मेवारी दिंदा आफूहरुलाई मन्त्रालय र विभागले तोकिएको लक्ष्य बाँकी डेढ महिनामा हासिल हुने भन्सार अधिकृत भण्डारीले बताए ।

उनका अनुसार यस वर्षको राजस्व संकलन वृद्धिदर हेर्दा १०९ प्रतिशतले हासिल भएको छ । सबैभन्दा बढी राजस्व संकलन हुने सीमा नाकाको रुपमा रहेको जेठ १५ गतेसम्म मात्रै रु एक अर्ब ६५ करोड राजस्व संकलन भएको छ ।

कोरोनाको प्रतिकूल समयमा पनि राजस्व चुहावट हुन नदिँदा राजस्वमा वृद्धि भएको उनको भनाइ छ । उनले भने, “अनुगमन पद्धतिलाई बलियो बनाएका छौँ, त्यसैले गर्दा राजस्व संकलन गर्न सफल भएको छौँ ।”

भारतीय सीमा नाका भएको हुनाले भारतबाट आयात हुने सबैभन्दा बढी औद्योगिक सामान, पेट्रोलियम पदार्थ, खाद्यान्नजस्ता सामग्री यही नाका हुँदै आयात हुने गर्दछ भने नेपालबाट जङ्गली जडीबुटीहरु, सुगन्धित तेलहरु निर्यात गरिन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ०१ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी