आज २०७८ जेठ १९ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ जेठ १९ गते बुधबारको राशिफल


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ जेठ १९ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसंग भेट घाट पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ५ : ३५ बजे

नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले गठबन्धन सरकारको

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका कार्यक्रम (तस्बिरहरू)

काठमाडौं – नेपाल पत्रकार महासङ्घले विभिन्न कार्यक्रम गरी शनिबार विश्व

माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, एकताको यात्रामा अघि बढ्न प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी

मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले मुलुकको शासन प्रणाली अत्यन्तै

करिडोरले फेरिँदै हर्मिचौरवासीको दैनिकी

तम्घास– ‘पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा