कार्लो एन्सेलोटी बने रियल मड्रिडको मुख्य प्रशिक्षक « Khabarhub

कार्लो एन्सेलोटी बने रियल मड्रिडको मुख्य प्रशिक्षक


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।

रियलले मंगलबार आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। यसअघि मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लबमा फर्काएको हो।

एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२४ सम्म रियलको मुख्य प्रशिक्षक भएर ला लिगामा रहने छन्।

६१ वर्षीय एन्सेलोटी पछिल्लो समय इङ्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका थिए। यसअघि एन्सेलोट्टीले सन् २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए।

उनले यसअघि युभेन्टस्, एसी मिलान, चेल्सी, पिएसजी र बायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन