कार्लो एन्सेलोटी बने रियल मड्रिडको मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

कार्लो एन्सेलोटी बने रियल मड्रिडको मुख्य प्रशिक्षक


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।

रियलले मंगलबार आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। यसअघि मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लबमा फर्काएको हो।

एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२४ सम्म रियलको मुख्य प्रशिक्षक भएर ला लिगामा रहने छन्।

६१ वर्षीय एन्सेलोटी पछिल्लो समय इङ्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका थिए। यसअघि एन्सेलोट्टीले सन् २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए।

उनले यसअघि युभेन्टस्, एसी मिलान, चेल्सी, पिएसजी र बायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई

माटो बेचेर दशैँ खर्चको जोहो

महोत्तरी– दशैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

बागलुङ– पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको

दशैँमा घर नजाउँ, मन मान्दैन : यात्रा गर्न जताततै सडकको अवरोध

काठमाडौं – सडकको अवस्था असहज हुँदा दशैँमा घर हिँडेका हजारौँ