अभिनेत्री सोनाक्षी सिन्हाका यी पाँच प्रेमी « Khabarhub

अभिनेत्री सोनाक्षी सिन्हाका यी पाँच प्रेमी


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)–बलिउडकी ‘दबंग गर्ल’का रुपमा परिचित सोनाक्षी सिन्हा बुधबार आफ्नो ३४ औं जन्मदिन मनाउदैछिन् । शान्त स्वभावकी सोनाक्षी आफ्नो प्रेमजीवनलाई लिएर चर्चामा आइरहन्छिन् ।

उनको नाम अर्जुन कपूरदेखि लिएर शाहिद कपूरसँग जोडिएको छ । तर उनी अहिले बन्टी सचदेवासँग प्रेममा छिन् ।

सोनाक्षी सिन्हा र अर्जुन कपूरको नाम सन् २०१५ मा एकअर्कासँग जोडिएको थियो । यो समयमा उनीहरु अभिनित फिल्म ‘तेवर’ रिलिज भएको थियो ।

यो फिल्ममा व्यस्त भइरहँदा उनीहरुले केही महिना डेट गरेका थिए । तर त्यो डेटले लामो समयसम्म निरन्तरता पाएन । अलग्गिएपनि अर्जुन सोनाक्षीलाई आफ्नो एक मिल्ने साथी मान्दै आएका छन् ।

सोनाक्षीको अर्को प्रेमी जहीर इकबाल हुन् । प्रोपर्टी बिल्डर रहेका जहीर अभिनेता सलमान खानको बाल्यकालका साथी इकबाल रतनासीका छोरा हुन् ।

उनले फिल्म ‘नोटबुक’बाट अभिनयमा डेब्यू गरेका थिए । विभिन्न पार्टीमा जहीर र सोनाक्षी सँगै बसेको तस्वीर सार्वजनिक हुन थालेपछि उनीहरु प्रेममा रहेको चर्चा चलेको थियो । तर यो कुरालाई उनीहरुले कहिल्यै स्वीकारेनन् ।

अभिनेता शाहिद कपूर र सोनाक्षीले सन् २०१३ मा रिलिज फिल्म ‘आर. राजकुमार’मा सहकार्य गरेका थिए । यो फिल्मपछि नै बलिउडमा उनीहरु प्रेममा रहेको चर्चा हुन थाल्यो ।

एक अन्तरवार्तामा सोनाक्षीले जुनसुकै हल्ला फैलिए पनि आफूलाई केही फरक नपर्ने बताएकी थिइन् । अहिले शाहिद र सोनाक्षी एक मिल्ने साथी बनेका छन् ।

बन्टी सचदेवा अभिनेता सोहेल खानको सालो हुन् । बन्टी र सोनाक्षीको नाम मिडियामा कैयौंपटक आइसकेको छ । सन् २०१६ मा उनीहरुको विवाह हुने चर्चा पनि नचलेको होइन् । तर त्यो चर्चामै सीमित रह्यो । अहिले पनि उनीहरु प्रेममै छन् ।

फेम सिनेमाजका एमडी आदित्य श्राफसँग पनि सोनाक्षीको नाम जोडिएको थियो । उनीहरुले करिब दुई वर्षसम्म डेट गरेका थिए । तर उनीहरुबीच एउटा कुनै विषयमा विवाद भएपछि उनीहरु अलग्गिए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १२ : ४० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र