वर्षा लेख्छिन् – छोटे राजाहरुलाई खबरदारी गर्न सकोस् ! | Khabarhub Khabarhub

वर्षा लेख्छिन् – छोटे राजाहरुलाई खबरदारी गर्न सकोस् !


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज जेठ १९, अर्थात पूर्व राजा वीरेन्द्रको वंशनाश भएको दिन । २० वर्ष अघि नारायणहिटी राजदरबारमा भएको यो घटनालाई नेपालको इतिहासमै ‘कालो दिन’ का रुपमा मानिन्छ ।

आजको दिन सामाजिक सञ्जालमा वीरेन्द्रको परिवारलाई सम्झनेको भीड नै छ । नेपाली मनोरञ्जन क्षेत्रका कलाकारहरुले पनि वीरेन्द्रको परिवारको तस्वीर राखेर श्रद्धाञ्जलि लेखेर उनीहरूको स्मरण गरिरहेका छन् ।

तर यो मामलामा अभिनेत्री वर्षा शिवाकोटी अलिक भिन्न देखिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेखेर जेठ १९ को घटनाको स्मरण गरेकी छन् ।

‘एउटा यस्तो घटना, जसले सम्पूर्ण देशलाई स्तब्ध बनायो, जनताले स्वाभाविक हिसाबले टुहुरो भएको महसुस गरे र सबैले भने, कालो दिन’, वर्षाले लेखेकी छन् ।

उनले ‘कालो दिन’ घटेको दुई दशक बित्दा पनि जनताले अझै बिर्सन नसकेको उल्लेख गरेकी छन् ।

वर्षाले जनताले तत्कालीन राजसंस्थालाई अझै पनि श्रद्धाका साथ स्मरण गरिरहेको उल्लेख गर्दै अहिले राजसंस्था नभए पनि अहिलेको अवस्था हेर्दा सांस्कृतिक राजतन्त्र भए केही फरक नपर्ने जस्तो प्रमाणित हुँदै गएको दाबी गरेकी छन् ।

‘एउटा अभिभावक संस्थाको खाँचो परेको छ, जसले थुप्रै छोटे राजाहरूलाई खबरदारी गर्न सकोस् । जेठ १९ त्यो कालो दिनमा मारिएका सबैमा भावपूर्ण श्रद्धाञ्जलि’, उनले बिट मारेकी छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १ : ४५ बजे

मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

बागलुङ– यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादशैँलाई लक्षित गरी कम

गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते

गुल्मी– गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु

जमराबिना दशैँ मनाउने अनौठो परम्परा

बागलुङ– बडादशैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा