वर्षा लेख्छिन् – छोटे राजाहरुलाई खबरदारी गर्न सकोस् ! « Khabarhub

वर्षा लेख्छिन् – छोटे राजाहरुलाई खबरदारी गर्न सकोस् !


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज जेठ १९, अर्थात पूर्व राजा वीरेन्द्रको वंशनाश भएको दिन । २० वर्ष अघि नारायणहिटी राजदरबारमा भएको यो घटनालाई नेपालको इतिहासमै ‘कालो दिन’ का रुपमा मानिन्छ ।

आजको दिन सामाजिक सञ्जालमा वीरेन्द्रको परिवारलाई सम्झनेको भीड नै छ । नेपाली मनोरञ्जन क्षेत्रका कलाकारहरुले पनि वीरेन्द्रको परिवारको तस्वीर राखेर श्रद्धाञ्जलि लेखेर उनीहरूको स्मरण गरिरहेका छन् ।

तर यो मामलामा अभिनेत्री वर्षा शिवाकोटी अलिक भिन्न देखिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेखेर जेठ १९ को घटनाको स्मरण गरेकी छन् ।

‘एउटा यस्तो घटना, जसले सम्पूर्ण देशलाई स्तब्ध बनायो, जनताले स्वाभाविक हिसाबले टुहुरो भएको महसुस गरे र सबैले भने, कालो दिन’, वर्षाले लेखेकी छन् ।

उनले ‘कालो दिन’ घटेको दुई दशक बित्दा पनि जनताले अझै बिर्सन नसकेको उल्लेख गरेकी छन् ।

वर्षाले जनताले तत्कालीन राजसंस्थालाई अझै पनि श्रद्धाका साथ स्मरण गरिरहेको उल्लेख गर्दै अहिले राजसंस्था नभए पनि अहिलेको अवस्था हेर्दा सांस्कृतिक राजतन्त्र भए केही फरक नपर्ने जस्तो प्रमाणित हुँदै गएको दाबी गरेकी छन् ।

‘एउटा अभिभावक संस्थाको खाँचो परेको छ, जसले थुप्रै छोटे राजाहरूलाई खबरदारी गर्न सकोस् । जेठ १९ त्यो कालो दिनमा मारिएका सबैमा भावपूर्ण श्रद्धाञ्जलि’, उनले बिट मारेकी छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १ : ४५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा