नक्कली नोट र लागुऔषधसहित एक व्यक्ति पक्राउ « Khabarhub

नक्कली नोट र लागुऔषधसहित एक व्यक्ति पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक १ बाट एक व्यक्ति लागुऔषध तथा नक्कली नोटसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक १ को एक होटलको कोठाबाट एक जना भुटानी शरणार्थीलाई पक्राउ गरिएको हो ।

दमक ३ बेलडाँगी २ सेक्टर सी २ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ लागुऔषध र नक्कली नोटसहित पक्राउ परेका हुन् । उनको साथबाट एउटै नम्वर भएका एक हजार दरका ८ थान नोट बरामद भएको छ ।

यस्तै ४७.५३० ग्राम ब्राउन सुगरसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : २७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी