केही खुकुलो गर्दै काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो (आदेशसहित) « Khabarhub

केही खुकुलो गर्दै काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो (आदेशसहित)


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ ।

यस पटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ । यसअघि किराना पसल, डिपार्टमेन्ट स्टोर लगायत पूर्ण बन्द गरिए पनि अहिले केही खुकुलो गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जेठ २१ गतेदेखि लागू हुने गरी फेरि निषेधाज्ञा थपिएको हो यसअघि थपिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिनेछ ।

अब लागू हुने निषेधाज्ञामा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ४ : ३२ बजे

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपाएर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै