श्रीमति कुटपिटको आरोप लागेका यी अभिनेता « Khabarhub

श्रीमति कुटपिटको आरोप लागेका यी अभिनेता


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)– टेलिभिजन र फिल्म उद्योगसँग जोडिएका धेरै कलाकारहरु आफ्नो अभिनय क्षमताका कारण दर्शकमाझ रुचाइएका छन् । तर उनीहरुको निजी जिन्दगी भने ठिक विपरित छ ।

घरायसी झगडा र विवादमा आइरहने यी कलाकारहरु दर्शकको नजरमा निजी जीवनमा गिरेका छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जसलाई श्रीमतिमाथि कुटपिटको आरोप लागेको छ । यीमध्ये केहीले जेलको हावा नै खानुपरेको छ ।

अभिनेता ओम पुरीले दुई विवाह गरे । तर, दुवै विवाह असफल भए । उनको दोस्रो पत्नी नन्दिता पुरीले आफ्नो किताबमा आफूमाथि ओमले हात उठाएको दाबी गरेकी छन् । उनका अनुसार यो मामला प्रहरीसम्म पुगेको थियो ।

गत वर्ष अभिनेता नवाजुद्दीन सिद्धिकी र उनकी श्रीमति आलियाबीच निकै विवाद चर्किएको थियो । आलियाले नवाजुद्दीनलाई डिभोर्सको सूचना दिएकी थिइन् । आलियाले नवाजुद्दीनले आफूमाथि जबरजस्तीसँगै कुटपिट गर्ने गरेको आरोप लगाएकी थिइन् ।

सन् १९७८ मा सञ्जय खानले जीनत अमानसँग दोस्रो विवाह गरेका थिए । विवाहको एक वर्षभित्रै यो जोडीबीच खटपट सुरु भयो । जीनतले सञ्जयमाथि कुटपिटको आरोप लगाएकी थिइन् ।

शालीन भनोट र दलजीत कौरको पीडा उस्तै छ । फ्यानमाझ निकै रुचाइएका यी जोडी सन् २०१५ मा अलग्गिएका थिए । अलग्गिएपछि शालीनले आफूलाई कुट्ने गरेको दलजीतले बताएकी थिइन् ।

अभिनेता नवीन निश्चलले गीताञ्जलीसँग दोस्रो विवाह गरेका थिए । विवाहको केही समयपछि गीताञ्जलीले आत्महत्या गरिन् । उनले सुसाइड नोटमा नवीनले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको उल्लेख गरेकी थिइन् ।

अभिनेत्री श्वेता तिवारी र उनका पति अभिनव कोहलीको सम्बन्ध सबैमाझ प्रष्ट आइसकेको छ । श्वेताले आफूमाथि पतिले कैयौं पटक कुटपिट गर्ने गरेको बताएकी छन् ।

‘ये रिश्ता क्या कहलाता हे’ फेम अभिनेता करण मेहरा पनि श्रीमति निशा रावललाई कुटपिट गरेको आरोपमा जेलको हावा खाइसकेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ५ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको