विदेश जाने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण गरिने « Khabarhub

विदेश जाने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण गरिने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिए पनि केही खुकुलो हुने भएको छ ।

अब काठमाडौँ उपत्यकामा निषेधाज्ञा अवधिमा पनि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ ।

यसैगरी किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारबाही हुने जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ५९ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन