विदेश जाने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण गरिने « Khabarhub

विदेश जाने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण गरिने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिए पनि केही खुकुलो हुने भएको छ ।

अब काठमाडौँ उपत्यकामा निषेधाज्ञा अवधिमा पनि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ ।

यसैगरी किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारबाही हुने जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ५९ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर