लुम्बिनी प्रदेश : विश्वासको मत लिएर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती « Khabarhub

लुम्बिनी प्रदेश : विश्वासको मत लिएर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशको आज शुरू भएको बजेट अधिवेशनको पहिलो बैठकमा विपक्षी दलका सांसदहरु मुख्यमन्त्री शंकर पोखरेलमाथि खनिएका छन् ।

बैठकमा बोल्ने विपक्षी नेताहरुले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएपछि शुरू भएको विशेष समयमा प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका संसादहरुले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरे ।

उनीहरुले नैतिकता भए नेकपा एमालेका नेता पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खुला गर्नुपर्ने बताए । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले भने, ‘मुख्यमन्त्रीजीमा नैतिकता छ भने राजीनामा दिनुनुहोस् ।’ उनले संसद छलेर भागेका पोखेरलाई प्रदेश प्रमुखले फेरि मुख्यमन्त्री पदमा नियुक्त गरेर असंवैधानिक कदम चालेको आरोप लगाए ।

खानले एमाले नेता पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरेर बहुमत देखाएको आरोप लगाउँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्त भए पनि अहिले सरकारको स्वरूप उपधारा २ बमोजिमको बन्न पुगेको बताए ।

उनले विश्वसको मत लिएर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती दिए । सोमबार लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनले पनि प्रदेश सरकार अल्पमतमा रहेको सन्देश दिएको उनको जिकिर थियो ।

जनता समाजवादी पार्टी (जसजा) संसदीय दलका नेता सहसराम यादवले नेकपा एमाले तलदेखि माथिसम्म गणतन्त्र समाप्त पार्न षड्यन्त्रमा लागेको आरोप लगाए । उनले आफ्नो दल बचाउन नसकेको एमालेले सरकार जोगाउन अर्को पार्टी फोर्ने काम गरेको आरोप लगाए । उनले पनि विश्वासको मत लिन वा राजीनामा दिन मुख्यमन्त्री पोखरेललाई सझाब दिए ।

यादवले कार्यव्यवस्था परामर्श समितिमा आफूलाई रोक लगाइएको भन्दै आक्रोश प्रकट गरेका छन् । उनले जसपाको संसदीय दलको नेता फेर्ने अधिकार कसैलाई नभएको जिकिर गरे । जसपाको नेता चुन्ने काम एमाले कार्यालयमा हुन नसक्ने उनको भनाइ थियो ।

यादवलाई दलको नेताको हैसियतमा कार्यव्यवस्था परामर्श समितिमा राख्दा एमालेले विरोध गरेपछि विवाद नमिल्दासम्म बैठकमा समावेश नगराइएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए ।

प्रदेशका पूर्वमन्त्री तथा सांसद सुर्दशन बरालले एमालेका नेता पोखरेलले नैतिकताका आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्रीले राजीनामा नदिए कानूनी र राजनीतिक प्रतिवाद गर्ने चेतावनी पनि दिए । बरालले मुख्यमन्त्रीलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्रीको क्वार्टरमा पुर्‍याएको टिप्पणी गरे ।

सांसद वीरबहादुर रानाले कोभिड नियन्त्रणमा प्रदेश र केन्द्र सरकार कहाँ छन् भन्दै प्रश्न गरे । उनले सरकार जनताको सुरक्षाभन्दा सत्ता लम्बाउने षड्यन्त्रमा लागेको र संघीय शक्तिको आडमा अपरहण शैलीमा एमालेका नेता पोखरेल मुख्यमन्त्री नियुक्त भएको आरोप लगाए । उनले पनि राजीनामा दिएर नैतिकता देखाउन मुख्यमन्त्री पोखरेललाई सुझाब दिए ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले सरकार अधिनायकवादी शैलीका कारण अल्पमतमा परेको टिप्पणी गरिन् ।

कांग्रेस सांसद शंकर गिरीले सरकारले लोकतान्त्रिक मूल्यमान्यता समाप्त पारेको र निर्वाचन आयोग नेकपा एमालेको विभागीय संस्था बनेको आरोप लगाए । उनले भने, ‘संसदलाई छल्न पाइँदैन, समृद्धिको यात्रामा सहकार्य र एकता चाहिन्छ ।’

अर्का सांसद इन्द्रजित थारुले नेकपा एमालेले सबैभन्दा ठूलो दलको अहङ्कारमा संविधान कुल्चेर निरङ्कुशता लाद्न खोजेको आरोप लगाए । उनले संविधान अनुसार विश्वासको मत लिएर बहुमत प्रमाणित गर्न मुख्यमन्त्री पोखरेललाई चुनौती दिए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : ३९ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि