यूएईद्वारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री सहयोग « Khabarhub

यूएईद्वारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री सहयोग


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरसको दोश्रो लहरविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामग्री एक विशेष विमानमार्फत बुधवार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी गराएको थियो ।

युएई सरकारले गतवर्ष अप्रिलमा पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

यस्तो छ ट्वीट

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : ५३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड