कलंकीमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु | Khabarhub Khabarhub

कलंकीमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक माटोको ढिस्को खसेर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका­-८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा थप दुई जना घाइते भएका छन् ।

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा दुई जनाको मृत्यु भएको  हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ७ : ४९ बजे

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको