कोरोनाले प्रदेश १ मा थप २२ जनाको मृत्यु « Khabarhub

कोरोनाले प्रदेश १ मा थप २२ जनाको मृत्यु


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छन् । मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई/दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ५५ बजे

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा