महिला सैनिकद्वारा रक्तदान गरी सुत्केरीको जीवन रक्षा « Khabarhub

महिला सैनिकद्वारा रक्तदान गरी सुत्केरीको जीवन रक्षा


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक सुत्केरीको जीवन रक्षा गरेकी छन् ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका—२ बस्ने रीनादेवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तस्राव भई गम्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ रहेकी थिइन् ।

रगत नपाएर निराश भएको अवस्थामा सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङ्गले रगत दिएर ती महिलाको ज्यान जोगाएकी हुन् ।

समयमा सुत्केरीलाई रगत उपलब्ध नभएको भए ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : १० बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा