चौधरी उद्योगको बियर प्लान्टमा आगलागी, करोडौंको क्षति « Khabarhub

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी, करोडौंको क्षति


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केउरेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा बुधबार आगलागी भएको छ ।

बुधबार विहान ८ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन आठ घण्टा भन्दा बढी समय लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले बताए ।

उद्योगको बियरको बोटलिङ र गोदाममा पूर्ण रुपमा क्षति भएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागी नियन्त्रण गर्न कावासोती नगरपालिका तथा चितवनको भरतपुर तथा खैरहनी नगरपालिकाको ५ वटा दमकल तथा नेपाली सेना, प्रहरी, उद्योगका कर्मचारीहरु खटिएका थिए ।

उद्योगको आगलागी भएको भवनको भित्री भागमा अझै आगो हुन सक्ने भएकाले जेसिभीले भवन भत्काउने काम बुधबार बेलुकासम्म नै भएको थियो । तीन वटा एम्बुलेन्स रातिसम्म पनि उद्योगमै रहेको डिएसपी गिरीले जानकारी दिए ।

कैयौं उपकरणहरु एउटैको करोडौं पर्न सक्ने भएकाले कम्पनीबाट क्षतिको विवरण निकाल्न १०/१२ दिन लाग्ने जानकारी पाएको डिएसपी गिरीले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ०९ बजे

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका