नासाले शुक्रग्रहमा दुई अन्तरिक्ष मिसन पठाउने « Khabarhub

नासाले शुक्रग्रहमा दुई अन्तरिक्ष मिसन पठाउने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी अन्तरिक्ष निकाय सौर्य मण्डकै सबैभन्दा तातो मानिएको शुक्र ग्रहमा पनि दुई अन्तरिक्ष मिसन पठाउने भएको छ ।

शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाका प्रशासक बिल नेल्सनले जनाएका छन् । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो ।

‘डाभिन्ची प्लस’ नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर पत्ता लगाउनेछ । शुक्रग्रहमा कुनै समय महासागर थियो भन्ने बताइरहँदा त्यसबारेको यथार्थ पनि यसले पत्ता लगाउने नासाको दाबी छ ।

दोस्रो मिसन ‘भेरिटास’ले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहासबारे जानकारी दिने जनाइएको छ । रेडारको प्रयोग गरेर त्यहाँ ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने बीबीसीले जनाएको छ

पृथ्वी जीवन्त भए पनि सबैभन्दा नजिकको ग्रह शुक्र किन आगोको गोला बन्यो भन्ने जिज्ञासा अहिलेसम्म वैज्ञानिक तहमा पनि शान्त भएको छैन । यसबारेको तथ्य पनि बाहिर ल्याउने नाशाको लक्ष्य छ ।

तर सतहको तापक्रम नै ५०० डिग्री सेल्सियस रहेको शुक्र ग्रहबारेको अध्ययन चुनौतीपूर्ण ठानिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका