यूएईमा पनि चर्को घाममा काम लगाउन रोक, अटेरी गरे ५० हजार दिराम जरिवाना | Khabarhub Khabarhub

यूएईमा पनि चर्को घाममा काम लगाउन रोक, अटेरी गरे ५० हजार दिराम जरिवाना


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  खाडी राष्ट्रहरुमा गर्मी बढेसंगै श्रमिकहरुलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।

यूएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरुलाई अनुरोध गरेको छ ।

नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ । यदि कसैले २४ घण्टा भित्र आठ घण्टा भन्दा बढी काम गर्दछ भने, अतिरिक्त समय ओभरटाइम मानिनेछ, जसको लागि कामदारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता कम्पनीहरूले दैनिक काम गर्ने घण्टाको तालिका कार्यस्थलमा एक प्रमुख साइटमा राख्नु पर्नेछ  र अरबी बाहेक अन्य भाषामा पनि लेख्नुपर्दछ जुन कामदारहरूले सजिलै बुझन सक्ने हुनुपर्ने छ ।

यदि कुनै पनि कम्पनीहरुले नियम उल्लंघन गरेको खण्डमा मन्त्रालयले उपलब्ध गराएको टोल फ्रि नम्बर ८००६० सम्पर्क गरि रिपोर्ट गर्न समेत आग्रह गरिएको छ । यो सेवा विभिन्न चार भाषाहरूमा २४ सै घण्टा उपलब्ध रहनेछ ।

कम्पनीहरुले सरकारले जारी गरेको नियमको उल्लंघन भएको पाइएमा प्रति व्यक्तिलाई त्यस्तो अवस्थामा काम लगाएबापत कम्पनीले जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ ।

यदि नियम विपरित कम्पनीले धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म जरिवाना तिर्नु पर्ने मन्त्रालयले जनाएको छ । यूएईमा विभिन्न क्षेत्रमा गरि करिव चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

यसघि नै कतारले खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा तोकिसकेको छ भने कुवेतले पनि १ जुनदेखि ३१ अगस्टसम्म यो नियम लागू गरिसकेको छ ।

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : २५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं