स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार | Khabarhub Khabarhub

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् ।

बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ ।

सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ । शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै सचेतनाका काम पनि भइरहेको छ ।

जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेशनमा केन्द्रमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताए । उनले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताए ।

स्वास्थ्यकर्मीको टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको सङ्ख्या न्यून भएपछि टोली गाउँमा पुगेको उनले बताए ।

गाउँमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट–५ का जनकबहादुर शाहीले बताए ।

गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा थिए । उनले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताए ।

स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहका अनुसार घरदैलोका क्रममा झण्डै २०० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ  । तीमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३६ होमआइसोलेशन र ३५ संस्थागत आइसोलेशनमा छन । एघार जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन ।

डोल्पाको ठुलीभेरी नगरपालिकाले घरघरमा कोरोना जाँच गर्न थालेको छ । नगरपालिकाभित्रका १० वटा स्वास्थ्य संस्थाका प्रमुखलाई बुधबार र बिहीबार तालिम दिएर घरघरमा पठाई कोरोना जाँच गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए ।

सङ्क्रमण हुने डरले स्वास्थ्य संस्थामा सर्वसाधारण आउन नमानेपछि घरघरमा गएर जाँच गर्न लागिएको अधिकृत रोकायले बताए ।

दुई दिनको तालिम दिएर सबै स्वास्थ्यकर्मीलाई कोरोनाको सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुका साथै परीक्षण कार्यमा खटाउन लागिएका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।

उनका अनुसार घरघरमा गएर बिरामीको उपचार तथा ज्येष्ठ नागरिकलाई विशेष सेवा दिन लागिएको छ । बिरामीको प्रकृतिअनुसार बाहिर उपचार गर्न सिफारिससमेत गर्ने व्यवस्था मिलाइएको छ । बिरामी सबैको उपचार नगरपालिकाले बेहोर्ने नगरप्रमुख शाहीले जानकारी दिए ।

उनले भने, “दश/दश शय्याको आइसोलेशन जुफाल र दुनैमा नगरले स्थापना गरेको छ । जनता जोगाएमा मात्र खास सेवा हुने भएकोले अब हाम्रो ध्यान त्यतातिर केन्द्रीत छ ।”

यी आइसोलेशन केन्द्रमा बिरामीको अवस्था हेरेर ल्याई उपचार गर्ने व्यवस्था नगरले गरेको । त्यस्तै सबै पालिका मिलेर दुनैमा १५ शय्याको आइसोलेशन केन्द्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३० बजे

महानगर नछिरेपछि अनेरास्ववियुले उठायो सुकुम्बासी बस्तीको फोहोर

काठमाडौं- अस्तिको अविरल वर्षाको कारण क्षतिग्रस्त काठमाडौं महानगर ११ नम्बर वडास्थित

बाढीले क्षति पुर्‍याएको कोशी ब्यारेज मर्मत गरिँदै

इनरुवा– सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार

बल्खुका बाढीपीडितलाई नेपाल-भारतमैत्री संघको राहत

काठमाडौं-  नेपाल-भारतमैत्री संघले काठमाडौंको बल्खुका बाढी पीडितलाई दश लाख रुपैयाँ

राप्रपामा विभागीय प्रमुख हेरफेर र मनोनयन, राजनीतिक विभागमा रवीन्द्र

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखहरूको

विपद् र संक्रमण व्यवस्थापनमा चुकिरहेको नेतृत्व

आर्थिक इतिहास विश्लेषण गर्दा नेपाली अर्थतन्त्र पटकपटक सङ्क्रमणमा पर्दै आएको