'फ्याक्ट चेक' : यो हो सामाजिक सञ्जालमा भाइरल माछाको वास्तविकता | Khabarhub Khabarhub

‘फ्याक्ट चेक’ : यो हो सामाजिक सञ्जालमा भाइरल माछाको वास्तविकता


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिल एउटा माछाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक व्यक्तिले आफू जत्रै माछा नाम्लोले भारी बोकेझै बोकेका छन् । यति ठूलो अजंगको माछा त्यसमाथि नाम्लोले नै बोक्नुपर्ने अवस्थाको भएपछि मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न क्रिया-प्रतिक्रिया जनाएका छन् ।

उक्त तस्वीर फेसबुक तथा ट्वीटरमा शेयर गर्दै विभिन्न ठाउँको माछा भनेर भ्रम फिजाउने काम गरेको पाइएको छ । तर यसको वास्तविकता भने केही फरक छ ।

छुट्टाछुट्टै दाबी बाझिएपछि हामीले यसको फ्याक्ट चेक गरेका छौँ ।

माछाको भ्रमः

माछा बोकेको यो तस्वीरमा कसैले यो माछा कालिगण्डकीको भनेका छन् भने कतिले यसलाई संखुवासभाको सभा खोलामा मारेको भनेका छन् । केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यसको वास्तविकता भने फरक छ ।

वास्तविकता : पहिलो कुरा यो असला माछा नै होइन । दोस्रो यो माछा सामाजिक सञ्जालमा केहीले दाबी गरे अनुसार संखुवासभाको सभा खोलामा मारिएको पनि होइन ।

यस विषयमा तस्वीर लिने व्यक्ति सुन्दर कसजुले खबरहबसँग भने यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको हो ।

स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस (Wells catfish) भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ । तसर्थ यो संखुवासभामा मारिएको भन्ने दाबी सरासर झुटो हो ।

 

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र