चितवन मेडिकल कलेजको आइसीयू जहाँ सरुवा रोग सर्दैन « Khabarhub

चितवन मेडिकल कलेजको आइसीयू जहाँ सरुवा रोग सर्दैन


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ ।

कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।

चितवन मेडिकल कलेजको आइसियु (सघन उपाचार कक्ष) मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ ।

सो उपकरणले बिरामीबाट निस्किएको कीटाणुसहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न्यौपानेले भने, “यसबाट बिरामी र स्वास्थ्यकर्मी दुवै जोगिन्छन् ।”

चीनमा कोरोना देखिएसँगै मेडिकल कलेजले सो उपकरण जडान गरेको हो । उनका अनुसार १९ शय्याको सो सघन उपचार कक्षमा कोरोना सङ्क्रमितलाई राखेर उपचार गरिँदै आएको छ । सो कक्षमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित हुने उनको भनाइ छ ।

न्यौपानेका अनुसार यसका अतिरिक्त अन्य सरुवा रोगमा पनि बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुनेछन् । एउटै सघन उपचार कक्षमा फरकफरक रोगका बिरामी उपचार गर्नुपर्दा यो निकै उपयोगी हुने बताइन्छ ।

उन्नाइस वटा नेगेटिभ सेक्सन जडान गर्दा रु १९ करोडभन्दा बढी लगानी भएको न्यौपानेले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विश्वका विकसित मुलुकमा यस्ता उपकरण राख्ने गरिन्छ । उनले भने, “यसले हावा र थुकका छिटाहरुबाट सर्ने रोगबाट अन्य बिरामी र स्वास्थ्यकर्मीलाई जोगाउँछ ।”

त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले सामान्य सावधानी अपनाए पुग्छ । बिरामीहरुले मास्क लगाउनु पर्दैन । यस्ता प्रविधि जिल्लामा हुँदा सरुवा रोगको महामारीको समयमा निकै उपयोगी हुने तिवारीको भनाइ छ । इन्फ्लुएन्जा, क्षयरोग, सार्स, दादुराजस्ता सङ्क्रामक रोगबाट यसले बचाउने तिवारी बनाउँछन् ।

नेपालमा यो उपकरण जडान गर्दै आएको एयरटेक प्रालिका प्रबन्ध निर्देशक मनोज भन्साली ठूला अस्पतालमा यस्ता उपकरण जडान हुन थालेको बताउँछन् । यसले रोग सर्न नदिने हुँदा बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उनले कोरोनाको समयमा यो निकै उपयोगी भएको बताए ।- रासस

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : १५ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले