सुशान्तको वार्षिकीमा अंकिताले छाडिन् सामाजिक सञ्जाल « Khabarhub

सुशान्तको वार्षिकीमा अंकिताले छाडिन् सामाजिक सञ्जाल


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– टेलिभिजन शो ‘पवित्र रिश्ता’बाट अभिनेत्री अंकिता लोखण्डे र अभिनेता सुशान्त सिंह राजपूतले दर्शकको मन जितेका थिए । उनीहरुको अभिनयलाई दर्शकले अत्याधिक मनपराएका थिए ।

टेलिभिजनमा अनस्क्रिन जोडी बनिरहँदा अफस्क्रिनमा पनि उनीहरुको जोडी जमेकै थिए । ६ वर्षसम्मको डेटपछि उनीहरु अलग्गिने निर्णय लिए । जुन निर्णय दर्शकका लागि चिन्ताको विषय बनेको थियो ।

गत वर्ष सुशान्तको मृत्यु भएपछि अंकिता निकै शोकमा डुबिन् । उनले अन्तरवार्तामै सुशान्तको शोकलाई भुल्न नसकेको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने अंकिताले हालै एक पोस्ट शेयर गरिन् । जुन पोस्टले उनका फ्यान दुःखी बनेका छन् । उनले आफू केही समयका लागि सामाजिक सञ्जालबाट टाढिने जनाएकी छन् । उनको यो पोस्ट सुशान्तको वार्षिकी भन्दा ठिक अघिल्लो दिन आएको हो ।

‘यो अलविदा होइन । तपाईंसँग पछि भेट्नेछु’, उनले लेखेकी छन् । अंकिताले सामाजिक सञ्जाल केही समयका लागि छोड्ने निर्णय किन लिइन भन्ने कुराको कसैलाई जानकारी छैन ।

अंकिताले सामाजिक सञ्जाल छोडेको यो पहिलोपटक भने होइन । सुशान्तको निधनपछि उनी निकै लामो समयसम्म सामाजिक सञ्जालबाट टाढिएकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ५० बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने