विकिनीमा खुलेकी रिहाना | Khabarhub Khabarhub

विकिनीमा खुलेकी रिहाना


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपीलाइभ)–हलिउड पपस्टार रिहाना चर्चामा आइरहने सेलिब्रेटी हुन् । सामाजिक सञ्जालमा आफ्नो देशको विषय होस् या विदेशको, हरेक विषयमा आफ्ना धारणा राख्ने उनी त्यही धारणाले बढी विवादमा तानिँदै आएकी छन् ।

उनी चर्चामा आउने अर्को कारण उनको तस्वीर पनि हुन् । यी पपस्टारले हालैमात्र सामाजिक सञ्जालमा विकिनीवाला तस्वीर राखेकी छन् । जुन तस्वीर अहिले भाइरल भइरहेको छ ।

उनको सामाजिक सञ्जालमा करोडौं फलोअर्स छन् । त्यहीकारण पनि उनको तस्वीर चर्चाको विषय बनिरहन्छ । उनले राखेको तस्वीरमा रिहानालाई सुन्तले रंगको विकिनीमा देख्न सकिन्छ ।

तस्वीरमा उनको फिटनेस लेभल पनि प्रष्ट देखिन्छ । उनी आफूलाई फिट राख्नका लागि हरेक किसिमको डाइट प्लान फलो गर्छिन् ।

उनको तस्वीरमा फ्यानले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले ‘निकै शानदार तस्वीर¬’ भनेर लेखिरहँदा अर्का प्रयोगकर्ताले ‘सदाझैं सुन्दर’ लेखेका छन् ।

रिहाना केही समययता एक र्यापरसँग डेट गरिरहेकी छन् । उनको डेटको समाचारले सञ्चारमाध्यममा राम्रो स्थान पाएको थियो ।

रिहानाले हलिउड फिल्म ‘बेटलशिप’ र ‘ओसियन्स ८’ मा अभिनय गरिसकेकी छन् । ३२ वर्षीया उनको ‘फेन्टी’ नामको आफ्नै फेसन ब्राण्ड छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १२ : ५० बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल