‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु « Khabarhub

‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्तरूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् ।

‘सेवा परमो धर्म’ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान शुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताए । कोभिड सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उनले बताए ।

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टर चाँगुनारायण इञ्जीनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेशन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिए ।

परमो धर्म अभियानले जेठको पहिलो सातादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नं ९८६१७५६४६१ सम्पर्क गर्न उनले आह्वान गरे । उनले मनोचिकित्सक डा कञ्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा सञ्जय श्रेष्ठसँग स्वास्थ्य परामर्शका लागि भर्अुअल परामर्श सेवा शुरु गरिएको बताए ।

भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई रु तीन लाख सहयोग गरेको मानन्धरले जानकारी दिए । केही दिनमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टोलीलाई घरघरमा गएर पिसिआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन ‘डोर टु डोर हेल्थ सर्भिस’ले सेवा दिइने जानकारी दिए ।

प्याब्सन, विद्युतीय सामग्री व्यवसायी सङ्घ, डक्टर्स सोसाइटी, नेपाल नर्सिङ सङ्घ, सिबीआर, भक्तपुर हार्ट एण्ड डायबेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाले अभियानमा सहकार्य गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ४ : ३० बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा