चाइनिज ताइपेइविरुद्ध नेपालको सहज जित | Khabarhub Khabarhub

चाइनिज ताइपेइविरुद्ध नेपालको सहज जित


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध नेपालले सहज जित हासिल गरेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ ।

नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ४४ बजे

देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प

काठमाडौं- नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा

नख्खुबाट फरार सहकारी ठगीका अभियुक्त पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनमा नख्खु कारागारबाट फरार भएका एक जना पक्राउ परेका

माओवादीले प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा

एजेन्सी– दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र

तुइन खोला क्षेत्रको पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी– मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–