आजदेखि थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ? « Khabarhub

आजदेखि थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ?


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म कायम भएको छ । कोरोना संक्रमणदर केही घटेपनि अझै संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै बुधबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका हुन् ।

उपत्यकामा बैशाख १६ गते यता निषेधाज्ञा जारी छ । जेठ १४ गतेबाट खाद्यान्‍न पसलसमेत बन्द गरिएकोमा जेठ २१ गतेबाट भने अत्यावश्य खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न दिइने पनि उनले जानकारी दिए । थपिएको निषेधाज्ञामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्कन भनेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरूको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ ।

शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरू पनि बन्द नै रहने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।

सार्वजनिक सवारी साधनहरू भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ । अत्यावश्यक सेवाहरू एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधनहरू, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित सवारी साधनलाई पनि सञ्चालन गर्न दिइनेछ ।

पढ्नुहोस् यो सूचना 

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ५५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र