नागरिकता अध्यादेशसम्बधी रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा « Khabarhub

नागरिकता अध्यादेशसम्बधी रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सबै रिटमाथिको सुनुवाइ नसकिएपछि आगामी २७ गते गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजै वरिष्ठताको आधारमा इजलास गठन गरेपछि सुनुवाइ शुरू भएको थियो । सरकारले ल्याएको अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन परेका छन् । आज चार रिटको सुनुवाइ भएको छ भने दुई वटाको बाँकी रहेर हेर्दाहेर्दैमा गएको हो ।

आज चार जना निवेदकका तर्फबाट बहस भएको छ । रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् ।

यही ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी भएको थियो । उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमार गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : ५६ बजे

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित

काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा