जूहीलाई २० लाख रुपैंयाँ जरिवाना « Khabarhub

जूहीलाई २० लाख रुपैंयाँ जरिवाना


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– बलिउड अभिनेत्री जूही चावला पछिल्लो केही समययता फाइभजी नेटवर्किङविरुद्ध दिल्ली उच्च अदालतमा उजुरी दिएर चर्चामा थिइन् । जूहीको यही उजुरीलाई अदालतले शुक्रबार खारेज गर्दै उनलाई २० लाख रुपैंयाँ जरिवाना तिर्न आदेश दिएको छ ।

जूहीले अदालतमा फाइभजी नेटवर्क योजनाले मानिस, पशुपंक्षी र वातावरणलाई क्षति पुर्‍याउने खतरा रहेको दाबी गर्दै अदालतमा उजुरी दिएकी थिइन् । यद्यपि अदालतले उनको उजुरीलाई खारेज गर्दै उजुरीकर्ताले कानूनी प्रक्रियालाई गलत रुपमा प्रयोग गरेको भन्दै जरिवाना तिर्न आदेश दिएको हो ।

‘यसबाट यो पुष्टि हुन्छ कि यो केवल प्रचारका लागि मात्र दर्ता गरिएको हो’, अदालतको आदेशमा भनिएको छ । जूहीले भर्चुअल माध्यमबाट गरिएको सुनुवाईको लिंक सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

अदालतले जूहीको उजुरीमा केही कुरामात्र सत्य रहे पनि बाँकी कुरा केवल अनुमान र आशंकाका कुरा रहेको जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : १५ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार