विश्वकप छनोट खेलमा ब्राजिलले इकुवेडरलाई २–० ले हरायो « Khabarhub

विश्वकप छनोट खेलमा ब्राजिलले इकुवेडरलाई २–० ले हरायो


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२२ को छनोट खेल अन्तर्गत ब्राजिलले इकुवेडरलाई २-० गोलले पराजित गरेको छ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रवार बिहान खेलिएको खेलमा ब्राजिलले घरेलु मैदान ‘पोर्टो इलेग्रे’मा जित प्राप्त गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्राजिलले दुई गोल गर्न सफल भयो। ब्राजिलका लागि नेयमारले उत्कृष्ट खेल प्रस्तुत गरे।

६५औं मिनेटमा नेयमारको पासमा रिचारलिसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ९०औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले २-० को सहज जित प्राप्त गर्यो।

दक्षिण अमेरिकी छनोटको अंक तालिकामा ब्राजिल शीर्ष स्थानमा रहेको छ। ब्राजिलले ५ खेलमा ५ जित निकालेको छ। उता इकुवेडर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। इकुवेडरको ५ खेलमा ९ अंक रहेको छ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : २५ बजे

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार