जापानमा जन्मदर घट्यो « Khabarhub

जापानमा जन्मदर घट्यो


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा कम बालबालिकाको जन्म भएको हो ।

जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो ।

गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सीएनएनले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा सन् २०२० मा पाँच लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ ।

सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख रहेको छ ।­ (रासस/एएनआई)

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : ३० बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको