जुम्ला कारागारका १५ जना कैदीबन्दीमा कोरोना संक्रमण « Khabarhub

जुम्ला कारागारका १५ जना कैदीबन्दीमा कोरोना संक्रमण


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लाको कारागारमा पनि कोरोना सङ्क्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना सङ्क्रमण देखिएको हो ।

कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना सङ्क्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए ।

उनले भने, “सङ्क्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।”

अन्य सङ्क्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने सङ्क्रमणका लक्षण नदेखिएको जनाएको छ ।

आइतबारसम्म जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको छ । यस्तै कोरोना सङ्क्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएदेखि जुम्लामा सङ्क्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ३० बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा