रक्तश्राव नरोकिएपछि भोजपुरकी कल्पनालाई हेलिकोप्टरबाट उद्दार | Khabarhub Khabarhub

रक्तश्राव नरोकिएपछि भोजपुरकी कल्पनालाई हेलिकोप्टरबाट उद्दार


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– शिशुलाई जन्म दिएर लामो समयसम्म रक्तश्राव नरोकिएपछि एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरी विराटनगर लगिएको छ ।

रक्तश्रापले छट्पटिरहेकी रामप्रसादराई गाउँपालिका वडा नं. ३ भुल्के घर भई हाल भोजपुर नगरपालिकाको भोटेपसल बस्दै आएकी ३० वर्षीया कल्पना राईको ज्यानको जोखिम बढेपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा रिफर गरेको हो ।

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत ती सुत्केरी महिलाको ‘एयर लिफ्ट’ बाट उद्दार गरिएको हो । कल्पनालाई नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारार्थ लगिएको छ ।

‘म धेरै आत्तिए अन्ततः मेरो श्रीमति बाँच्ने भइन्, सरकार मेरो लागि भगवान नै बनेको छ’, श्रीमान किशोर राईले भने । कल्पना आज विहान साढे ३ बजे घरमै डेलिभरी भएको थिइन । सालनाल झरेपछि अचेत अवस्थामा रहेकी र बान्ता हुन थालेपछि उनलाई जिल्ला अस्पताल भोजपुरमा लगिएको थियो ।

‘गर्भाअवस्थामा उनले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठले बताइन् । श्रेष्ठले भने ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नुभएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार ग¥यौं तर रक्तश्राव रोकिएन झन जोखिम बढेर गयो ।’

शिशुको स्वास्थ्य अवस्था भने राम्रो छ । कल्पनाको यो शिशुको जन्मसहित ४ सन्तान भए । यसअघि तेस्रो सन्तानको पनि जन्मिने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ३९ बजे

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित