लुम्बिनीमा नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै | Khabarhub Khabarhub

लुम्बिनीमा नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार (भोलि) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र असार १ गते प्रदेशसभाबाट बजेट ल्याउँने तयारी भएको उनले जानकारी दिए । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसदबाटै ल्याउँने तयारी गरेको हो ।

नीति तथा कार्यक्रम र बजेट संसदबाटै बहुमतले पारित गरेर देखाउँने सरकारका प्रवक्ता चौधरीले दाबी गरे । यस्तै लुम्बिनी प्रदेश सरकारको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थपिएको मन्त्री चौधरीले जानकारी दिए । दोस्रो भेरियन्ट आईसकेपछि १०–१० करोड गरी २० करोड विनियोजन गरिसकेको प्रवक्ता चौधरीले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ३० बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको