‘नक्कली राष्ट्रवाद’को भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलम ओली लागेको नेता भट्टराईको आरोप « Khabarhub

‘नक्कली राष्ट्रवाद’को भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलम ओली लागेको नेता भट्टराईको आरोप


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलमा लागेका आरोप लगाएका छन् ।

सोमबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनले अरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीकै कारण देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताए । ओलीले देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको समेत उनले आरोप लगाए ।

उनले सबै पार्टी मिलेर राज्यको सबै अंग कब्जा गरी ध्वंस गर्ने ओलीको कदमको प्रतिवाद गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ३० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि