ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै (तालिकासहित) « Khabarhub

ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै (तालिकासहित)


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिक कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ ।

काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।

६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने भनिएको खोप अन्तिम समयमा आएर ६२ देखि ६४ वर्षकालाई मात्रै दिने निर्णय भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठदेखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन निर्देशन दिइएको छ ।

हिमाली जिल्लामा भने यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकाले सो समूहकाले खोप लगाउन छुटेका भए खोप दिइने तयारी छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने सरकारको तयारी छ ।

काठमाडौँमा उमेर अनुसार तालिका

काठमाडौँ महानगरपालिकाले भने ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने महानगरपालिकाले जनाएको छ । त्यसका लागि उसले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ ।

जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।

खोप महानगरका ३२ वटै वडा कार्यालयका केन्द्रमार्फत उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ७ : १० बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,