मेलम्ची खानेपानी आयोजना : व्यर्थै थपियो साढे २ अर्ब भार « Khabarhub

मेलम्ची खानेपानी आयोजना : व्यर्थै थपियो साढे २ अर्ब भार


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी गर्नुपरेको हो।

अघिल्ला खानेपानी सचिव गजेन्द्र ठाकुरले मेलम्ची ठेकेदार सीएमसीलाई दिनुपर्ने ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएका थिए। सीएमसी नफर्किने छाँट देखेपछि खानेपानी मन्त्रालयले नयाँ ठेक्का गर्नुपर्ने भएको हो। यसका लागि मेलम्ची खानेपानी बोर्डले बाँकी कामका लागि दुई अर्ब ५२ करोड रुपैयाँको लागत अनुमान गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

लागत अनुमान तय भइसकेको र मेलम्ची बोर्डले निर्णय गरी मन्त्रिपरिषद्बाट पारित गराउने तयारी भइरहेको खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताए। ‘आठदस दिनभित्र हामी (सरकार) मेलम्चीको बाँकी कामको ठेक्का गर्दै छौं’, सचिव शर्माले भने।

एक वर्षभित्र मेलम्चीका सम्पूर्ण काम (यांग्री र लार्के मेलम्चीमा मिसाउनेबाहेक) पूरा गरी उपत्यकामा पानी ल्याउने योजना रहेको उनको भनाइ छ। यसका लागि दस वटा भिन्नभिन्न प्याकेज बनाई ठेक्कापट्टा हुने र अनुमानित लागतभन्दा बढी रकम भुक्तानी नपाउने ग्यारेन्टी गरिने उनले बताए।

अघिल्ला सचिव ठाकुरले भगाएको सीएमसीलाई फर्काउने सरकारको प्रयत्न सफल हुन नसकेपछि नयाँ ठेक्का हुन लागेको हो। ठेकेदार सीएमसीले ९७ प्रतिशत काम पूरा गरिसकेको थियो। उसले गत माघ २७ गते उपत्यकामा मेलम्चीको पानी ल्याउने औपचारिक मिति तय गरेको थियो। २४ किलोमिटर सुरुङ र मुहान निर्माणसमेतका लागि सीएमसीले साढे सात अर्ब रुपैयाँमा ठेक्का लिएको थियो। ऊ नआएपछि सुरुङका लागि सरकारले थप रकम खर्च गर्नुपरेको हो।

२०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीका कारण काम गर्न नपाएको भन्दै सीएमसीले एक अर्ब ६५ करोड रुपैयाँ दाबी गरेको थियो। उक्त दाबीउपर विवाद निरूपण बोर्डले कारबाही गर्दा ३६ करोड रुपैयाँ ठेकेदारले पाउनुपर्ने निर्णय गरेको थियो। त्यही रकम लिएर काम गर्न तयार रहेको सीएमसीलाई ठाकुरले कमिसन नपाएपछि भुक्तानी दिएनन्।

पत्रिकाले अनि नाम राखियो-किम छानोराङ शीर्षकमा अर्को खबर छापेको छ । किम नारा दक्षिण कोरियाली युवती हुन्। खाइलाग्दो जीउडाल र गोरो वर्णकी उनको उमेर आकलन गर्न कठिन छ। जानेबुझेकाहरू भन्छन्- कोमल हृदय छ उनको। पर्यटक भिसा लिएर नेपाल आइरहन्थिन्। नेपाल आएका बेला प्रायः पोखरा बस्थिन्।

लेकेसाइड क्षेत्रका रेस्टुराँमा बजाइने गीत/संगीतका कार्यक्रममा उनी देखिइरहन्थिन्। तर उनी ‘अनौठो अपराध’ मा संलग्न भइन्। ती युवतीले एक जना मगरका छोरालाई नाटकीय रूपमा कोरियाली नागरिक नै बनाइन्। त्यो पनि अर्काको कोखबाट जन्मिएको बच्चालाई आफूले जन्माएको भनेर।

नाराले एक वर्षीय ती बालकलाई कोरियाली राहदानीसमेत दिलाइन्। उनको नाम राखियो- किम छानोराङ। कोरियाली राहदानी बनेपछि उनले ती बालकलाई कोरिया लैजान भने सकिनन्। अध्यागमन विभागका कारण बालकलाई कोरिया पुर्‍याउने उनको सपना साकार भएन नै, आफूसमेत प्रहरी हिरासतमा पुगिन्।

अध्यागमन विभागका कर्मचारीले नाराको घटनालाई निकै महत्व दिएर अनुसन्धान गरेको देखिएको छ। नाराको यो उदाहरणले विदेशीहरू घुम्ने उद्देश्यले मात्र नेपाल नआउने गरेको तथ्यलाई समेत पुष्टि गरेको छ।

त्यस्तै पत्रिकाले समाजवादी पार्टी घोषणा, सुन तस्करीमा एयरलाइन्सकै कर्मचारी लगायतका समाचार प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : १० बजे

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’

काठमाडौं– अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने