खोप लगाउनेलाई चिया बिस्कुट खुवाउँदै महानगर  « Khabarhub

खोप लगाउनेलाई चिया बिस्कुट खुवाउँदै महानगर 


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोनाविरुद्धको खोप लगाउन जानेहरुलाई काठमाडौँ महानगरपालिकाले चिया र बिस्कुट खुवाउने भएको छ ।

सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस् भनेर चिया बिस्कुट खुवाउने प्रवन्ध गरिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

शाक्यले ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको पनि बताएका छन् ।

‘काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आजदेखि खोप अभियान सञ्चालन भएको छ,’ शाक्यले भने, ‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य राखेका छौँ ।’

यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो ।

‘विगतका दिनमा अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, त्यही भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका विभिन्न खाले गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा काठमाडौँ महानगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको छ,’ उनले भने, ‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौँ । त्यो बेला पनि धेरै सहज भयो भन्ने पनि प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौँ ।’

शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेका छन् ।

‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ,’ उनले भने, ‘यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।’

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ३५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर