प्रधानमन्त्रीका पूर्वस्वकीय सचिव वरूवालको कोरोना संक्रमणपछि निधन « Khabarhub

प्रधानमन्त्रीका पूर्वस्वकीय सचिव वरूवालको कोरोना संक्रमणपछि निधन


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणले निधन भएको छ ।

गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।

बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि उनी झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।

झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : १५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि