मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय « Khabarhub

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीले विपक्षमा मत हाल्न दिएको निर्देशनविपरित नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

२४ सदस्यी संसदीय दलमा केपी ओली पक्षका ७ सांसदले भने बहुमतको उक्त निर्णयमा असहमति जनाएका छन् । एमालेका लीलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा एमालेको संसदीय दल पनि विभाजित भएको छ । आजै कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जसपाका दुई सांसदले भने भट्टलाई विश्वासको मत नदिने भएका छन् । दुबै सांसद जसपाको महन्थ ठाकुर पक्षीय हुन् । केन्द्रमा भएको सत्ता समीकरण अनुसार मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बताएका छन् । सुदूरपश्चिम प्रदेश सभामा जसपाका चौधरी र मालामति राना  सदस्य छन्।

जसपाले मत नदिए पनि एमालेको बहुमत सदस्य र कांग्रेसको साथ रहँदा मुख्यमन्त्री भट्टको पद भने जोगिने भएको छ । उनले विश्वासको मतका लागि अहिले प्रदेशसभामा प्रस्ताव राख्दैछन् ।

भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको